आजः शुक्रबार, असार १०, २०७९

मन्त्री बन्दीलाई गृहजिल्लामा भव्य सम्मान

कानुन, न्याय तथा संसदिय मामिला मन्त्री गोविन्द बन्दी लाई गृह जिल्ला दैलेखमा भब्य सम्मान गरिएको छ। उनलाई दैलेख सदरमुकाममा भब्य स्वागत र सम्मान गरिएको हो। सदरमुकाममा हिडेरै कार्यक्रम स्थल गएका थिए। आफन्त, साथीभाई तथा स्थानीयहरुले घरघरबाट उनलाई फूल माला खादाले सम्मान गरेका हुन् । दैलेख जिल्लाले पहिलो पटक क्याबिनेट मन्त्री पाएको भन्दै जिल्लाबासी भव्य स्वागत सम्मान गरेका थिए। त्यसैगरी एक भब्य औपचारिक कार्यक्रम गर्दै त्रिभुवन मावी नयाँबजारका पूर्व विद्यार्थी एकता मञ्चले जिल्ला समन्वय समितिको हलमा  कार्यक्रम गरि सम्मान गरेको थियो। त्रिभुवन मावीको पूर्व विद्यार्थी तथा जिल्लाबाट उच्च ओहदामा पुगेका पहिलो ब्यक्ति भएकाले स्वागत तथा सम्मान गरिएको मञ्चका अध्यक्ष अभिषेक अनुरागले बताए। सम्मान कार्यक्रममा कार्यालय प्रमुखहरु, विद्यार्थीहरु, स्थानीयबासीहरु,  पत्रकार, नागरिक अगुवा, पूर्व विद्यार्थीहरु सहभागी थिए। जिल्ला प्रशासन कार्यालयको समन्वयमा औपचारिक कार्यक्रम भएको थियो भने।पूर्व विद्यार्थी एकता मञ्चको सचिव राजेश हमालले कार्यकम सञ्चालन गरेका थिए।


ताजा समाचार