आजः शुक्रबार, असार १०, २०७९

नारायणको कृषि शाखाले प्रदर्शन गर्यो: कोदोको म:म

नारायण नगरपालिका कृषि विकास शाखाले कोदोको म:म प्रदर्शन गरेको छ। शाखाले रैथाने बालि प्रबदन कार्यक्रम अन्तर्गत कृषकहरुका लागि १ दिने रैथाने बालिका परिकार बनाउने तालिममै सँगै स्थानीय रैथाने बालीबाट उत्पादित परिकारको प्रदर्शन समेत नारायण नगरपालिकाकै आँगनमा प्रदर्शन गरिएको हो। रैथाने बालिको महत्व, परिकार स्थानीय रैथाने बालि उत्पादनमा प्रविधिलाई खेतीमा जोड्ने र प्रचार प्रसार गर्ने उद्देश्यले कार्यकम आयोजना गरिएको शाखा प्रमुख खेमराज शर्माले बताए।  रैथानेबालिबाट तयार पारिएका कागुनाे को खिर ,कोदाको सेल ,फापरको सेल , कोदोको जेरि लगायतका परिकार निकै उसाहित ढङ्गबाट कृषकहरुले परिकारहरु प्रदर्शन गरेको प्राविधिक सहायक भविसारा थापाले बताउनु भएको छ। सहकारी शिक्षक शिक्षिका ,महिला स्वयम सेवीकाहरुलाई समेतलाई जोडेर तालिम सम्पन्न गरिसकेको थियो।र आज परिकार बनाउने तालिम सङगै परिकार बनाउने तथा प्रदशन कार्यक्रमले रैथाने बालि पर्वधन लागि सहयोग गर्ने र बिधालय दिवा खाजामा रैथाने बालि तथा परिकार को प्रयोग गर्न सके प्रचार प्रसार गर्न सके उत्पादनको बजारिकरण मा पनि सहयोग पुग्ने सरोकार वालाको आशा लिएका छन्।


ताजा समाचार