आजः शनिबार, असार ११, २०७९

रैथाने बाली सम्बन्धी : तालिम सम्पन्न

नारायण नगरपालिका कृषि विकास शाखा को रैथाने बालि प्रबदन कार्यक्रम अन्तर्गत कृषकहरु का लागि १दिने तालिम नारायण नगरपालिका सभा हलमा सम्पन्न भयो। तालिम मा रैथाने बालिको महत्व परिकार,बिबिधीकरण तथा स्थानीय रैथाने बालि उत्पादनमा रैथाने बालिको समाबेश तथा रैथाने बालि खेती प्रविधिलाई खेतीमा जोड्ने र प्रचार प्रसार गर्ने उद्देश्यले कृषि विकास शाखाको आयोजना मा सन्चालित तालिममा करिब २० जनाको सहभागिता रहेकोमा

त्रिशक्ति सहकारी का अध्यक्ष तथा पूर्व कृषि प्रसार अधिकृत डिल्ली शर्मा नारायण नगरपालिका का कृषि विकास शाखा प्रमुख प्रविधिक सहायक खेमराज शर्मा

प्राबिधिक सहायक भबिसरा खत्रि,नायब प्राबिधिक सहायक ललिता कुमारी थापा ले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा कार्यक्रम को महत्व तथा रैथाने बालि बाट बनाउन सकिने परिकार , रैथाने बालि प्रबदन, खेती प्रविधि ,राेगकिरा ब्यबस्थापन बारे सहजकर्ता र सहभागी बिच दोहोरो अन्तरक्रिया मा तालिम सम्पन्न भयो कार्यक्रममा सहभागी तर्फबाट निर्मला बिष्ट ना.न.पा.११ ले रैथाने बालिको खेती प्रविधि तथा प्रवद्र्न सम्बन्धि तालिम महत्व धेरै भएको भनाई थियो। कार्यक्रमका प्रमुख अतिथि नारायण नगर प्रमुख लोमन शर्मा ले स्थानीय स्तरमा रहेका बिभिन्न बालिनालि लाई उत्पादन लाई वर्षभरिका खाना पुग्ने गरी परिवर्तन ल्याउन मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

सँगै कृषक समूह तथा सहकारी लाई रैथाने बालि उत्पादनका लागि सहयोग गर्ने प्रतिबद्धता सहित उत्पादन मा लाग्न आग्रह गर्नुभयो । त्यस्तै रैथाने बालि प्रबदनका लागि नारायण नगरपालिका ले पहिलो बर्ष नै मागका आधारमा वास्तविक कृषक, कृषक समुह तथा सहकारी पहिचान गरि उपयुक्त हावापानी सुहाउँदो बालि खेती गर्न सकेको खण्डमा नारायण नगरपालिका नगरपालिका कृषि विकास शाखा कृषकको साथमा रहेको शाखा प्रमुख खेमराज शर्मा को भनाई छ ।


ताजा समाचार