आजः शनिबार, असार ११, २०७९

पूर्व पत्रकार खड्का भए: वडा अध्यक्षमा निर्वाचित

दैलेखमा करिब दुई दशक नेपाल पत्रकार महासंघ दैलेख शाखा र प्रेस युनियन दैलेख शाखामा रही पत्रकारिता गर्दै आएका महेन्द्र बिक्रम खड्का नारायण नगरपालिका वार्ड नम्बर ९ को वडाअध्यक्ष मा निर्वाचित भएका छन्। वडा अध्यक्ष नेपाली कांग्रेस तर्फबाट निर्वाचित खड्काले  नेकपा एमालेका नन्दबहादुर रावललाई करिब १६० मतले पराजित गरेका थिए। सुशासन नामक भित्ते पत्रिकामार्फत पत्रकारिता सुरु गरेका खड्काले दैलेखमा सामाजिक अभियान्त को समेत छवि बनाएका छन्।


ताजा समाचार