आजः सोमवार, जेष्ठ २, २०७९

सामाजिक अधिकृत थापा माथि: भौतिक आक्रमण

दुल्लु नगरपालिका वाड नम्बर २ को मालिका आधारभूत विद्यालयको बुथ केन्द्रमा आज नारायण नगरपालिका को सामाजिक विकास अधिकृत,  एवम्  पेशागत महासंघ नेपाल कर्णाली प्रदेशको सचिव खम बहादुर थापाको परिवार माथी सांधातिक हमला भएको छ। हमलाबाट उनको धर्मपत्नी, छोरा घाइते भएका हुन्। आफ्नो ठाउँमा शान्त ढङ्गबाट चुनाव गरौँ भन्दैगर्दा र बुथ कब्जा गर्ने उद्देश्य बनाएर आफूमाथि एमालेका वडा अध्यक्ष उम्मेद्वार र उनका कार्यकर्ताले आफू र मेरो परिवार माथि भौतिक आक्रमण गरेको भनाई छ।  पेशागत महासंघ नेपाल दैलेख शाखाले भने घटनाको घोर भत्र्सना गर्दै प्रेस विज्ञप्ति समे त जारी गरेको छ।


ताजा समाचार