आजः बुधबार, जेष्ठ ४, २०७९

मनकारी युवाको : वडाअध्यक्षमा उम्मेदवारी

नारायण नगरपालिका वडा नम्बर न. १० को नेपाली कांग्रेसले वडा अध्यक्ष पदको लागि मनकारी युवा नेता बखत थापा चयन गरेको छ।  लामो समय दक्षिण कोरियाली समाज सुर्खेत, दैलेखको समाजमा रही नेपालभरिका अशाय दुखी गरिब सहयोग सेवामा आर्थिक अभियान चलाएर लोकप्रिय काम समेत थापाले गरेका थिए। यस्तै दैलेखमा दत्त प्रसाद ढकाल बचाउ अभियान उनकै नेतृत्वमा चलेको थियो। आफू लामो समय दक्षिण कोरियामा बसेपनि भवानी का जनताको हरेक दुख सुखमा प्रदेशबाटै हरेक दुख सुखको साथी भएको हिसाबले यसपालीको चुनावमा सम्पूर्ण स्थानीय आमाबुबा दाजुभाई तथा दिदिबहिनीको आग्रहमा आफू चुनावमा होमिएको थापाले बताए।र आफू चुनाव पछि दैलेखको भवानीलाई उद्धम,कृषिको क्षेत्रमा नमुना वडा भनाउने सोच आफूमा भएको र राजनीतिक भनेको कमाउने धन्दा नभैकन विशुद्ध समाज सेवाका लागी आफ्नो उम्मेदवारी भएको उनले भने। नेपालमा कृषिमा केही गर्नुपर्छ भनेर थापाले सुर्खेतमा १० कट्ठा जमिन भाँडा लगी कृषि फर्म सञ्चालनमा समेत ल्याएका छन्। उनीलाई गाउँमा मनकारी युवा भनेर स्थानीयले चिन्छन्।


ताजा समाचार