आजः मङ्लबार, जेष्ठ ३, २०७९

कालिमाटीमा विद्यार्थीले खाए :कोदोको सेलरोटी!

नारायण नगरपालिका अन्तर्गतको कृषि विकास शाखाको  आयोजनामा आज नारायण नगरपालिका वार्ड नम्बर ३मा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कालिमाटीमा रैथाने बालीको महत्व तथा विद्यालय परिकार दिवा खाजा कार्यक्रम, आज विद्यार्थी अभिभावक शिक्षक लगायतको उपस्थितिमा भब्यरुपमा सम्पन्न भएको छ। विद्यार्थीको स्वास्थ्य लाई मध्यनजर गर्दै बजारमा पाइने अनावश्यक खाद्यवस्तु खानुभन्दा स्थानीयस्तरका पोषिलो खानेकुरा विद्यार्थीको स्वास्थ्यको लागी खान पाउनुपर्छ भन्ने हेतुका साथ सञ्चालन गरिएको कृषि शाखा प्रमुख खेमराज शर्माले बताए। कार्यक्रममा स्थानीयस्तरमा उत्पादित कोदोको ढिडो, कोदोको सेलरोटी, गुडे चामलको खिर, आलु बन्दाकोपी केराउ को अचार लगायतको परिकारहरु पकाइएको र अभिभावक शिक्षक विद्यार्थीहरूमा पोषिलो खानाको राम्रो सन्देश विद्यार्थीहरूमा गएको शाखाको प्राविधिक सहायक भविसरा खत्रीले बताइन्। कार्यक्रममा शिक्षा शाखा हिमालले जंग शाह सामाजिक विकास शाखा प्रमुख खम बहादुर थापा, कृषि विकास कार्यालयका छैटौं वाली अधिकृत रामबहादुर थापा लगायत करिब २०० स्थानीय अभिभावक शिक्षक लगायतको उपस्थित रहेको थियो।भने सो परिकार उपस्थित विद्यार्थी लगायत सबैलाई खुवाएको थियो।


ताजा समाचार