आजः मङ्लबार, जेष्ठ ३, २०७९

मध्यपहाडी बनेन भनेर चिन्ता गरेको खोई: प्याकुरेल

धेरैजसो जिल्ला प्रशासन कार्यालयहरुमा विभिन्न व्यक्ति समुदाय संस्था  राजनीतिक दल र मान्छेहरुको डेलिकेशन जाने गर्छ। त्यही अन्तर्गत पर्नेनै भयो दैलेख प्रशासन कार्यालय दैलेख पनि, प्राय गरेर यो कार्यलयमा पनि विभिन्न तह र तप्काका मान्छेहरु मुद्दा गुनासाहरु बोकेर मान्छेहरुको जाने क्रममा आज एउटा गुनासाकर्ताहरु अात्रिभुवन उच्च माध्यमिक विद्यालयको आसन्न चुनाव को विषय लगेर दाबी विरोध सम्बन्धको उजुरी लगेर गएको टिमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जिल्लाको विषय लगेर महत्वपूर्ण कुरा बताएका हुन्। दैलेख सुर्खेत को बाटो छिया छिया परेको छ। मध्यपहाडी राजमार्ग को बाटोको अवस्था के छ…? दैलेखको पञ्चकोशी तीर्थस्थल पर्यटक बन्न सकेन’ किन..? साविकको कर्णाली जोडिने माहाबु सडकखण्ड किन बनेन…? भने जस्ता विषय लगेर आफूकहाँ आफ्नो करिब एक वर्ष बसाईमा जिल्लाको विषयमा चिन्ता गरेर एकजना व्यक्ति र सम्बन्धित निकायहरु नआएको देख्दा आफ्नो मन दुखेको कुरा सोही टिमसँग गुनासो प्रकट गरेका थिए। म मेरो, भने शब्द हामीहरू मा हाबी भयो। जिल्ला बनाउने कुरामा सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण नागरिक समाज, सम्पुर्ण मीडिया, एक भए मात्रै जिल्लाले एकाएक काँचुली फेर्न सक्ने उनको कथन थियो । सिडियो सापको त्यो कुराले आफूलाई घत लागेको सेवा लिन पुगेका नारायण नगरपालिका वाड नम्बर ९ का स्थानीय बासिन्दा नविन सोनीले बताए। मध्यपहाडी राजमार्गको सदरमुकामबाट निकासका लागि, जिल्लास्थित निर्माण भएको जलविद्युत परियोजनाले जिल्लाबासी लाई अनिवार्य विद्युत दिनुपर्ने नियम लागू गर्नुका साथै कर्णालीका पाँच ओटा जिल्लाको दैलेख बाटै मात्रै ई-सेवा मार्फत राजधानी वितरण’ गर्ने देखि दैलेखको ऐतिहासिक सुन्दर तोप फिर्ता कार्य देखि जिल्लाका अन्य महत्वपूर्ण कार्यमा समेत प्याकुरेलको महत्वपूर्ण भूमिका रहेको छ।


ताजा समाचार