आजः बुधबार, जेष्ठ ४, २०७९

ढुंगानाको जित निश्चित: शाही

एनईएको चुनावले यति कुनै देशभरि देखि लगेर कर्णाली प्रदेश सम्म चुनावी मावलले तातिएको छ। कर्णालीका सम्पुर्ण इन्जिनियरहरू पनि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा होमिएका छन्। एकीकृत समाजवादी र एमाले ,माओवादी गठबन्धनबाट दैलेख निवासी ई.महेश ढुंगाना कर्णालीको उप-सभापतिका पदको बलिया उम्मेबार रुपमा हेरिएको छ। ई.महेशजी जित निश्चित भएको ई.खेम सुन्दर शाहीले अनलाईन कर्णाली सङ् दाबी गरेका छन् । दैलेख जिल्लामा जन्मीएका कर्णाली लाई नै आफ्नो कर्मथलो बनाई विगत एक दशक देखि विविध जिल्लामा आफ्नो पेशाबाट सेवा दिँदै आएका थिए। सरल स्वभाव लगनशिलता र इमान्दारिता कारणले आफ्नो कामको सिलसिलामा जनताको मनमा बस्न  समेत सफल भएका एक इन्जिनियर हुन। ढुंगाना हाल पर्गतिशिल पेशा लाई आफ्नो सांगठनिक मजबुद स्थापनाको लागि यही २०७८ फाल्गुन २७ गते हुने सम्पूर्ण पेशागत इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसियसन (NEA) प्रदेश दोस्रो कार्यकारणी समितिको निर्वाचनमा बाम प्रगतिशील गठबंधन को तर्फबत उप – सभापति पदका चर्चित उम्मेदवार रुपमा हेरिएको ई.खेम सुन्दर शाहीले बताए। शाहीले भने

इन्जिनियरिङ पेशामा ढुंगाना योगदानको कुरा गर्ने हो भने: २०६९ देखि २०७२ सम्म इन्जिनियर को रूपमा rulal Access Programme (RAP) दैलेख जिल्ला हुँदै २०७२ देखि २०७६ सम्म टीम लिडर को रूपमा Small Inigation programme (SIP Swiss funded ) दैलेख कालिकोट जाजरकोट जिल्लामा

कामगर्दै २०७६ देखी २०७७ सम्म प्राविधिक विज्ञ को रूपमा NCCSP-2 कर्णाली प्रदेश अन्तर्गत . M २०७८ वैशाख देखि कार्तिक सम्म स्वकीय सचिव तथा प्राविधिक विज्ञ को रूपमा मन्त्री अम्मर बहादुर थापा सचिवालय भौतिक पूर्वाधार ताथ सहरी विकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत ऐतिहासिक काम गरेको पाइन्छ भने, अर्को कुरा के छ।

विगत दश वर्ष देखि आफ्नो जन्म थलो लाई नै कर्म थलो बनाएका ढुंगाना हाल समाजवादी ईन्जिनियर्स एसोसियसन नेपाल SEAN का कर्णाली प्रदेश संयोजक पनि हुन्। त्यसैले पनि उनी हरेक इन्जिनियरहरुको मनमन मा बस्न सफल एक युवा समाजबादी बौद्धिक वर्गका लिडर हुन्। त्यसैले पनि उनीलाई अत्याधिक बहुमतले चुनाव जिताउनु कारण रहेको ई. शाहीको भनाई रहेको छ।


ताजा समाचार