आजः बुधबार, जेष्ठ ४, २०७९

नवनिर्वाचित काँग्रेसका नेताहरुलाई दुल्लुमा :सम्मान

 

दैलेख_  नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं.२प्रदेश सभा क दैलेखको आयाेजनामा नेपाली कांग्रेस १४ अैाँ महाधिवेशन वाट विभिन्न पदमा चयन हुनुभएका नेतागणणहरुकाे सम्मान तथा भेटघाट कार्यक्रम द्राेणाचल क्याम्पस दुल्लुमा सम्पन्न भएको छ । वुधबार दुल्लुमा आयाेजित कार्यक्रममा दैलेख जिल्ला बाट नेपाली कांग्रेसको १४ अैाँ महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्य , प्रदेश सदस्य जिल्ला कार्य समिति दैलेखका पदाधिकारी लगएत जिल्ला सदस्य , केन्द्रीय महाधिवेशन प्रतिनिधि , प्रदेश महाधिवेशन प्रतिनिधि क्षेत्रीय कार्य समिति का पदाधिकारी सदस्य लगाएत नगर र गाउँ पालिका पदाधिकारी हरुलाई दाेसल्ला अेाडाएर प्रदेश क का सभापति टंक प्रसाद रिमालले सम्मान गरेका थिए ।

सम्मान तथा भेटघाट कार्यक्रमलाई सम्वाेधन गर्दै नेपाली कांग्रेसकाे केन्द्रीय सदस्य सिता कुमारी रानाले अव हुने स्थानीय तहकाे चुनावलाई लक्षित गर्दै टाेलटाेल , गाँउगाँउमा नेता तथा कार्यकर्ता परिचालित हुन निर्देशन दिनु भयाे । केन्द्रीय सदस्य रानाले तिन वर्षको कमिस्ट शासन बाट जनता आजित भएकाेले आगामी चुनावमा नेपाली कांग्रेसले वहुमत ल्याउने दावी गर्नु भएको छ । उहाँले स्थानिय तहकाे चुनावमा हाम्राे हैन राम्राेलाई टिकट दिनकाे लागि आफु मातहतका समितिहरुलाई आग्रह गर्नु भयाे ।

निर्वाचन क्षेत्र नं. २ प्रदेश सभा क का सभापति टंक प्रसाद रिमालकाे सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाली कांग्रेसको केन्द्रीय सदस्य सिता कुमारी राना , विशेष अतिथि मा कर्णाली प्रदेश कार्य समितिका सदस्य दिपा बाेहाेरा,भक्ति प्रसाद उपाध्याय , मिठु कार्की , नेपाली कांग्रेस जिल्ला कार्य समिति दैलेखका सभापति मणिराम रेग्मी काे सहभागीता रहेकाे थियाे ।

यस्तै कार्यक्रममा क्षेत्रीय सभापति रिजाल , नेपाली कांग्रेस दैलेखका वरिष्ठ सदस्य घनश्याम भण्डारी लगाएत महाधिवेशन प्रतिनिधि , प्रदेश महाधिवेशन प्रतिनिधि लगाएत पालिका सभापति पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे संचालन प्रदेश क का सचिव तेज बहादुर शाहीले गर्नु भएकाे थियाे ।


ताजा समाचार