आजः बुधबार, माघ ५, २०७८

स्वास्थ्यकर्मी सङ्घ दैलेखको अध्यक्षमा: शर्मा

 

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ दैलेखको अध्यक्षमा विनोद शर्मा चयन भएका छन् । शनिवार भएको दोस्रो जिल्ला अधिवेशनले शर्माको अध्यक्षतामा २७ सदस्यीए जिल्ला कमिटी गठन गरिएको हो

अधिवेशनबाट पुरुष उपाध्यक्षमा धुर्ब विष्ट, महिला उपाध्यक्षमा रचना नेपाली, सङ्घटनको सचिव गणेशप्रसाद अधिकारी, सहसचिव गीता योगी, कोषाध्यक्ष वीरेन्द्र प्रसाद न्यौपाने सर्वसम्मत चयन भएका हुन।

अधिवेशन सङ्घठनका निवर्तमान अध्यक्ष नगेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि भने प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले जिल्ला अध्यक्ष रबिन्द्रराज शर्माले गरेका थिए । अधिवेशनको विशेष अतिथिमा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष भिमराज शिहं रहेका थिए । शर्मा अशल छवि भएका स्वास्थ्यकर्मी जिल्ला परिचित छन्।

 


ताजा समाचार