आजः बिहिबार, मंसिर ९, २०७८

कांग्रेस अधिवेशनमा महिलालाई शीर्ष पद नदिनु दुःखद थापा

दैलेख : नेपाली काँग्रेस दैलेखकी नेतृ बास्ना थापाले दैलेख कांग्रेसमा  कुनैपनि तहको चुनावमा महिलालाई नेतृत्व नदिएकोमा गुनासो पोखिकी छन्। १४औँ महाधिवेशनमा पनि शीर्ष स्थानमा महिला नआउनु दुखद भएको सीधा प्रश्न संगको कुराकानी बताएकी हुन्। देशका अन्य ठाउँमा महिलाहरु पार्टीको उच्चस्थानमा आउँदै गर्दा दैलेखमा भने महिलालाई कुनै स्थानमा नदिएकोमा आफूलाई दुःख लागेको बताउँदै उनले भनिन् पार्टीको सबै आन्दोलन देखि रहेक गतिविधिमा दैलेखी काँग्रेसी महिलाहरूको पूर्ण सहभागिता हुँदाहुदै पनि पार्टीका नेताहरुले मूल्याङ्कन नगरेको देख्दा आफू अच्चमित भएको बताएकी हुन्। थापा महाधिवेशन प्रतिनिधि हुन का साथै १४ औं महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी घोषणा गरेकी छिन्।थापा दैलेखमा समाजसेवीको रूपमा पनि चर्चित छिन्।


ताजा समाचार