आजः बुधबार, अशोज २७, २०७८

दैलेख काँग्रेसको नयाँ सन्देश: बधाई शुभकामना!

नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा अाज गाउँ नगर प्रदेश जित्ने सभापति लगायतका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला समन्वयको हलमा सम्पन्न भएको छ। पार्टीको आन्तरिक चुनावमा हार्ने जित्ने उमेदवार बीच एक-अर्कालाइ बधाई तथा शुभकामना शुभकामना आदानप्रदान गरेको छ। दैलेख कांग्रेसले नयाँ सन्देश दिन खोजेको हो। ९० वडा सभापति, ४ प्रदेश सभाका सभापति लगायत  प्रतिस्पर्धामा हार्ने र जित्ने देखि स्थानीयताका प्रतिनिधिसमेत डाकेर एकआपसमा शुभकामना बधाई कार्यक्रम गरेर नयाँ सन्देश दिएको हो। यो कार्यले जनता माझ राम्रो सन्देश सम्म गएको छ।पाटी सभापति कृष्ण कुमार वि सिको सभापतित्वमा चलेको कार्यक्रममा भने  पूर्व स्थानीय राज्यमन्त्री गणेश बहादुर खड्काको प्रमुख आथित्यमा नवनिर्वाचित पदाधिकारीहरुको लगायतका कांग्रेसबाट चुनाव जितेका स्थानीय तहका जनप्रतिनिधिकाे समेत बाक्लो उपस्थित रहेको थियो। दैलेखका सम्पूर्ण स्थानीय तहमा कांग्रेसले जिल्लाका लागि आन्तरिक मनमुटावलाई थाती राखेर पार्टी एकढिक्का भएर सर्वसम्मतिको प्रयास गरेर अगाडि बढ्न  प्रमुख अतिथि खड्काले जोड दिएका थिए। आफ्नै कांग्रेसी भित्र देखिएका चुनावी सानातिना तिता मिठा कुरालाई मेटाउनका दैलेख कांग्रेसको  एकताको सन्देश दिनलाई कार्यक्रम आयोजना गरिएको सभापति  बीसीले बताए। त्यस्तैगरी गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओलीले आफूले ६० वर्षपछि रानीतिक बाट सन्यास लिने घोषणा गर्दै भने अहिलेको आवश्यकता भनेको अग्रजलाई सम्मान युवालाई स्थान रहेको समेत भनाई राखेका थिए। कार्यक्रम संचालक भने पार्टी सचिव भूपेन्द्र शाहीले गरेका थिए  अहिलेको चुनावमा जोलेजितेपनि पनि कांग्रेसले जित्ने हो।अब आउने चुनाव अरूलाई जित्ने हो। आजको आवश्यकता भनेकै कांग्रेस बलियो बनाउनु नै आजको आवश्यकता हो शाहीले भने। करिब तीन सय भन्दा बढी काँग्रेसी जनाको उपस्थिति रहेको थियो भने। कतिले त सोही हालमा एकआपसमा बधाई शुभकामना दिँदै चुनावमा प्रतिस्पर्धा गरेका प्रतिस्पर्धी समेत अङ्कमाल समेत गरेका थिए।


ताजा समाचार