आजः सोमवार, भदौ २८, २०७८

अनुगमनमा जोड दिँदै दैलेख प्रशासन

जिल्ला प्रशासन कार्यालय दैलेखले अनुगमनलाई तीव्र रुपमा अगाडि बढिरहेको छ। निषेधाज्ञाको अवधिमा काला बजारी महंगी बढ्नसक्ने आशंखा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटाको नेतृत्वमा जिल्लाका प्रमुख बजार केन्द्रहरुमा अनुगमन गरिएको हो। जिल्लाको नौमुले बजार चामुण्डा बजार, चुप्रा बजार, तल्लो डुङ्गेश्वर बजार, डुङ्गेश्वर बजार, बस्तडा दैलेख बजार, राकम कर्णाली को बजार लगायतका ठाउँमा सम्बन्धित क्षेत्रका ब्यक्तित्व सहित अनुगमन गरिएको हो। अनुगमन सँगै निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति  ब्यबसायि र अन्य पक्ष समेतलाई सचेत गरारानुको सँगै जनचेतनामुलक अभियानसम्म सञ्चालन गरेको  देवकोटाले बताए। चेतावनीपछि पनि अटेर गर्ने जोकोहीलाई पनि कानुनी कार्वाहीमा ल्याईने समेतको जानकारी दिइएको सहायक प्रजिअले बताए। अनुगमनकै क्रममा अखाद्य वस्तु बिक्रीवितरण दश ओटा पसल र दर्ता विना सञ्चालनमा लिएका नौ ओटा मेडिकलहरुलाई कारबाहीको लागि सम्बन्धित पक्षलाई निर्देशन दिइसकेको उनको भनाइ छ।


ताजा समाचार