आजः शनिबार, अशोज ३०, २०७८

कोटिला तालको काम अगाडि बढाउँछु: मन्त्री श्रेष्ठ

कर्णाली प्रदेश सरकारकै महत्वपूर्ण परियोजनाको रुपमा रहेको दैलेखको पञ्चकोशी कोटिला तालको कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मंत्री दिनबन्धु श्रेष्ठले स्थलगत भ्रमण गरेका छन्। गत वर्षनै यो आयोजनाको नारायण नगरपालिकाले dpr तयार पारिसकेको थियो। ठूलो रकम कुनै निकायबाट पनि पर्न नसक्दा आयोजना सुस्तगतिमा गएको हो। यही आर्थिक वर्षमा भने कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा मन्त्रालयले सत्तरी लाख रुपैयाँ विनियोजन गरेको छ। आजै स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले कर्णालीको गौरवको योजना मध्येको यो पनि एक भएको हुँदा आफ्नो कार्यकालमा प्राथमिकता राखेर अगाडि बढेको र योजनाले सिंगो कर्णाली प्रदेशकै पर्यटन विकास, उर्जाको विकास, दैलेखी जनताको समृद्धिको ढोका खोल्ने भएकालेपनि आफुले चासोको साथ हेरेको बताए।

यसै वर्षदेखि खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालय दैलेखले मूल संरचनाको काम नभए पनि सहायक काम भने,अगाडि बढाइरहेको छ। कर्णाली प्रदेश सरकार महत्वकांक्षी योजना भएको हुनाले कार्यालयले गर्ने काम तीव्र रुपमा काम गरिरहेको यसको सम्पन्न नहुन्जेल सम्म चासोराख्ने कार्यालयको प्रतिबद्धता रहेको प्रमुख अशोक गौतमले बताए। यदि  आयोजना बन्न सकेमा  भारतको नैनीताल,पोखराको फेवाताल जस्तै चर्चा कमाउने पक्का छ। किनभने यस ठाउँको सुन्दरता धार्मिक र अन्य पक्षले पनि निकै रोचक छ। दैलेखका ११ स्थानीय तह, प्रदेश सरकार, सङ् सरकारबाट अवश्यक बजेट ल्याउन सकेर आयोजनालाई सम्पन्न गर्न सकेको खण्डमा दैलेख जिल्लाको कायापलट हुने निश्चित देखिन्छ।


ताजा समाचार