आजः शुक्रबार, साउन १५, २०७८

ओरन्टोलाई दैलख लायन्सको सम्मान!

लायन्स क्लब अफ दैलेखले आज एक औपचारिक कार्यक्रमको बीच ओरन्टो मल्टीट्रेड कम्पनी प्रालि काठमाडौँ नेपाललाई सम्मान गरेको छ। क्लबले सम्मानपत्रले सम्मान गरेको हो।कम्पलीले कोरोनाकहरकै बीच दैलेखका गरीब दलित बस्तीहरू, दुल्लु १को नयाँ बस्ती, नारायण ६ को नमूना बस्ती,नारायण १ को सुकुम्बासी बस्तीमा खाद्य सामग्रीका लागी रु एक लाख, दश हजार रुपैया नगद सहयोग गरेको थियो। सोही रकमबाट बस्तीका ११८ घरधुरीलाई चामल दाल तेल नुन वितरण गरिएको थियो। पछिल्लो चरणमा विश्व लोकप्रियता कमाई रहेको कम्पनीले एक घर, एक रोजगार,एक गाउँ, एक उत्पादन, एकबस्ती एक बिक्री केन्द्रको उद्देश्यसहित यस संस्थाले नेपालमा उत्पादित सामग्रीलाई विश्व बजारमा लैजाने र विदेशमा बसेका सम्पूर्ण नेपालीलाई नेपालमै रोजगार सहिद नेपालमै बसाल्ने मुख्य उद्देश्य बोकेको छ। यस संस्थाले सगरमाथाको पानी अमेरिका लैजाने महत्वकांक्षी योजनासम्म अगाडि सारेको छ।र सम्मान पत्र हस्तान्तरण गर्ने बेलामा अध्यक्ष सुमन नारायण विश्वकर्मालेभने प्रा.लिको यो सहयोगले महामारीकोबेला दैलेखका निमुखा जनतालाई राहात महसुस भएको त्यसका लागि प्रालिका संस्थापक अध्यक्ष राकेश पन्थ नेपालका लागि बोर्ड डाईरेक्टर अशोक विष्ट विष्टलाई धेरै धेरै धन्यवादका साथै आभार व्यक्त गरे। प्रालीका सदस्य तीर्थ जिसीले सम्मान पत्र ग्रहण पछि आफ्नो भनाइ राख्दै भने, समाजसेवाका यस्ता गतिविधिमा समेत हालेमालो गरेर अगाडि प्रतिबद्धता गर्नुका साथै राकेश पन्थ,अशोक बिष्ट चन्द्रा थापा लगाएको टिमलाई मनबाटै धन्यवाद चाहन्छु। किनभने यो सहयोगले गरीब जनतालाई प्रत्यक्ष राहत महसुस भएको बताए। कम्पनीमा जोडिन समेत सबैलाई अनुरोध गरेका थिए। यसै कार्यकम बीच क्लबले नारायण नगरपालिका १ राम मन्दिरमा ठूलो मात्रामा वृक्षारोपण सम्मत गरेको छ।


ताजा समाचार