आजः शुक्रबार, मंसिर १०, २०७८

विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, देउवाको विकल्पबारे छलफल

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको भेटवार्ता बाक्लिन थालेको छ । यस क्रममा आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि, डा।शशांक कोइराला र प्रकाशमान सिंहबीच सोमवार निधिको निवासमा लञ्च मिटिङ भएको छ । कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलाएका नेतात्रयबीच आसन्न महाधिवेशनको विषयमा छलफल भएको स्रोतले बतायो । तीन जना नेता कांग्रेस संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारका सदस्यहरू हुन् । उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगायत समसामयिक विषयमा छलफल भएको छलफलमा सहभागी नेताका एक सहयोगीले जानकारी दिए ।


ताजा समाचार