आजः शुक्रबार, साउन १५, २०७८

कर्णाली नदीमा दाउरा टिप्न जाँदा एक जना बेपत्ता

कालीकोट – पलाँता गाउँपालिका ९ थिर्पका ३४ वर्षीय जङ्गबहादुर बम कर्णाली नदीमा बेपत्ता हुनुभएको छ । आइतवार(आज) दिउँसो नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा बमलाई नदीले बगाएको हो । पलाँता ९ थिर्पुका स्थानीयवासी नजिकै वन नभएका कारण वर्षाको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्ने गर्छन् ।नदीमा बेपत्ता हुनुभएका बमको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी भूपेन्द्र शाहीले बताउनुभयो छ।


ताजा समाचार