आजः शनिबार, अशोज ३०, २०७८

बाँकेका अस्पतालमा ८० प्रतिशत शैँया खाली

बाँके – कोरोना भाइरस महामारी संक्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।
कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जना मात्रै रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभएको छ।
उहाँका अनुसार बाँकेमा कोरोना संक्रमणदर घट्दै गएपछि अस्पतालमा कोरौना बिरामीका लागि छुट्याइएका शैँया खाली हुँदै गएका छन्। बाँकेका कोभिड अस्पतालका ३६१ कोभिड शैँयामध्ये ७४ जना मात्र उपचाररत छन् भने ८० प्रतिशत शैँया खाली भएका छन्।


ताजा समाचार