आजः बिहिबार, भदौ ३१, २०७८

पाँच दिनपछि खुल्यो पहिरोले अवरुद्ध राप्ती राजमार्ग

सल्यान- पहिरोले अवरुद्ध भएको राप्ती राजमार्ग एक हप्ता पछि खुलेको छ। दाङ – सल्यान सडकखण्ड अन्तरगत कपुरकोट गाउँपालिका ३ दसरेलगायत स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको थियो। राजमार्ग शनिबार साँझबाट सुचारु भएको हो।असार १ गतेदेखि अवरुद्ध बनेको सडक शनिबार साँझबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।दसरे आसपासमा ठूलो ढुंगासँगै पहिरो गएको थियो। सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय
सल्यानका प्रहरी निरीक्षक राम प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ।


ताजा समाचार