आजः शुक्रबार, साउन १५, २०७८

माधव नेपाल र बाबुराम भट्टराईबीच आज भेटवार्ता

काठमाडौं -नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपा का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।
नेपाल निवास कोटेश्वरमा नेता नेपाल र अध्यक्ष भट्टराईबीच भेटवार्ता भएको नेपाल निकट स्रोतले जानकारि दिएको छ। एमाले एकताको पहल भइरहेका बेलामा नेता नेपाल र अध्यक्ष भट्टराईबीचको भेटलाई अर्थपूर्ण रूपमा हेरिरहेको छ ।सोमबार नेता नेपाल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल भएको थियोे। सोमबारको छलफलमा ओलीबिरुद बनेको गठबन्धनलाइ एकजुट भएर अगाडि लग्ने सहमति बनेको थियो।


ताजा समाचार