आजः मङ्लबार, जेष्ठ ३, २०७९

चुनाव गराउन गृह मन्त्रालय तयारी अवस्थामा छ मन्त्री अधिकारी

काठमाण्डौ – गृह मन्त्री खगराज अधिकारीले निर्धारित समयमा चुनाव गराउनका लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताउनुभएको छ । गृह मन्त्री अधिकारीले मङ्गलवार गृह मन्त्रालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्धारित मितिमा चुनाव गराउनका लागि गृह मन्त्रालयले आवश्यक तयारी पूरा गरेको बताउनुभएको हो ।
आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन–कुन जिल्ला वा चुनाव क्षेत्र कसरी गर्ने समेतको रणनीतिका साथ चुनाव आयोगसँग समन्वय गरेर सम्पूर्ण तयारी छ । र अब हामीलाई चुनावको निर्णय गरिसकेपछि अगाडि बढ्न रोकिनुपर्ने केही कारण छैन । आवश्यक लजिस्टिकदेखि लिएर जनशक्ति विन्यासदेखि लिएर सुरक्षा प्रबन्धदेखि लिएर निष्पक्षताका लागि गर्नुपर्ने सबै कुरा आन्तरिक गृहकार्यमा सम्पूर्ण तयारी भइसकेको जनाईएको छ ।


ताजा समाचार