आजः शनिबार, मंसिर ११, २०७८

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाण्डौ-पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ । विगत चाररपाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो । खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।
यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।उज्यालो अनलाईन


ताजा समाचार