आजः बिहिबार, अशोज २८, २०७८

मास्क नलगाइ मोटरसाइकल र्‍यालीमा जाने ब्राजिलका राष्ट्रपतिलाई जरिबाना

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई जरिबाना भएको छ । साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
शनिवार हिजो साओ पाउलोमा मोटरसाइकल र्‍यालीमा पुग्नुभएका राष्ट्रपति बोलसोनारोले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ । र्‍यालीमा उहाँले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताउनुभएको छ ।


ताजा समाचार