आजः शनिबार, मंसिर ११, २०७८

दैलेखमा असार १० गत्तेसम्म पुन : निषेधाज्ञा थपियो

दैलेख -दैलेखमा १० दिन निषेधाज्ञा थप गरिएको छ। बिश्वभर तिब्र रुपमा बढ्दै गई रहेको कोभिड-१९ को नयाँ भेरियन्ट रोकथाम र नियन्त्रणको लागी दैलेख जिल्लामा आज बसेको कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले यस्तो निर्णय गरेको हो। निषेधाज्ञा भोलि सोमवार राति १२ बजेदेखि असार १० गते राती १२ बजेसम्म १० दिन लागु हुने छ ।
निषेधाज्ञाको अवधिभर एम्वुलेन्स,दमकल,शवबाहन,सरकारी सवारीसाधनहरु,निलो प्लेटका सवारीसाधनहरु,निर्माण सामग्री बोक्ने सवारीसाधनहरु र अत्यावश्यक दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने सवारी साधनहरु संचालन गर्न पाइने छ।यस्तै जनस्वास्थ्यका मापदण्ड पुरा गरी खाद्यान्न,पानी,फलफूल, तरकारी,एग्रोभेट सेवा,ग्याँसका पसलहरु तथा अन्य व्यवसायहरु चियानास्ता पसल तथा होटेल रेष्टुरेन्ट बिहान ६ बजेदेखि दिउसो साढे १२ बजेसम्म संचालन गर्न पाईने बताईएको छ ।
भने बैंक तथा बित्तिय संस्थाहरुद्वारा बिहान १०बजे देखि दिउँसो २ बजे सम्म सेवा संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय दैलेखले जानकारि दिएको छ।

 


ताजा समाचार