आजः शुक्रबार, साउन १५, २०७८

रुकुम पश्चिम– किसानलाई अस्वस्थ र उत्पादन दिन नसक्ने बाख्रा दिने मनसाय थिएन, फिर्ता लिएका छौँ

रुकुम पश्चिम – किसानलाई वितरण गर्नका लागि रुकुम पश्चिमको मुसिकोट नगरपालिकासँग सम्झौता गरेर बाख्रा ल्याएको ठेकेदार कम्पनीले बाख्रा मापदण्ड विपरीतको भएकाले फिर्ता लिएको जनाएको छ । बाख्रा खरिद र वितरणका लागि जिम्मा लिएको केअर फार्म नेपाल प्राली बाँकेले एक विज्ञप्ति निकालेर किसानलाई अस्वस्थ र उत्पादन दिन नसक्ने बाख्रा उपलब्ध गराउने मनसाय नभएकाले तुरुन्तै फिर्ता गरेको जनाएको छ ।

केअर फार्म प्रालीले एक सय ५० वटा बाख्रा खरिदका लागि मुसिकोट नगरपालिकासँग सम्झौता गरेको थियो । जेठ २७ गते पहिलो चरणमा रुकुम पश्चिम ल्याइएका ५६ मध्ये २६ वटा बाख्रा मापदण्ड विपरीत, उत्पादन दिन नसक्ने र अस्वस्थ भएको भन्दै नगरपालिकाले फिर्ता गरिदिएको थियो । ती बाख्रा लिन किसानले पनि अस्वीकार गरेका थिए । यही घटनालाई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नगरपालिका र ठेकेदार कम्पनीको चर्को विरोधसमेत भएको थियो । मुसिकोट नगरपालिकाले शनिवार पत्रकार सम्मेलन नै गरेर बाख्रा खरिद प्रक्रिया र घटनाबारे प्रष्ट्याएको थियो ।


ताजा समाचार