आजः शुक्रबार, अशोज २९, २०७८

जुम्लामा एमबिबिएस पढाइ हुने, २५ सिट दिने आयोगको निर्णय

जुम्ला–अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुल्ला भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शास्त्रको स्नातक तह ९एमबिबिएस० कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त गरेसँगै कर्णालीवासीको सपनाले सार्थकता पाएको हो। बहुप्रतिक्षित सो कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगले स्वीकृति दिने निर्णय गरेको छ।
यही जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबिबिएस कार्यक्रम शुरुआत गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाले प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम शुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै चालु आर्थिक वर्षको शैक्षिक सत्रभित्र नै कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
‘कोभिड–१९ का कारण निर्णयसहितका प्रक्रियामा ढिलो भए पनि यही शैक्षिक सत्रमा एमबिबिएस कार्यक्रम सञ्चालन हुन्छ,’ उनले भने,‘हाललाई एमबिबिएस सञ्चालन गर्न प्रतिष्ठानलाई करिब २५ सिट दिने गरी निर्णय भएको छ।’
आधिकारिक रुपमा एकरदुई दिनभित्रै आयोगका बैठकका निर्णय सार्वजनिक गरिने उनेको भनाइ थियो। प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरेश थापाले घरआगनमा डाक्टर बन्ने कर्णालीमा मेधावी छात्रछात्राको सपना पुरा भएको बताए।
उनले भने कर्णालीलाई मेडिकल हब बनाउने ढोका खुलेको छ। प्रतिष्ठानमा एमबिबिएस र एमडी कार्यक्रम सञ्चालनले गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षा सुनिश्चित गर्न थप कोशेढुङ्गाको गर्नेछ।’
प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरुवात भइसकेको छ।


ताजा समाचार