आजः शुक्रबार, साउन १५, २०७८

आन्दोलनका घाइते र सहिद परिवारका लागि जाजरकोटमा दुई करोड ३७ लाख

जाजरकोट -जनयुद्ध, जनआन्दोलन तथा प्रदेश स्थापना आन्दोलनका घाइते, अपांगता भएका तथा सहिद परिवारका सदस्यलाई आत्मनिर्भर बनाउन जाजरकोटमा दुई करोड ३७ लाख रुपैयाँ वितरण गर्न लागिएको छ।
उक्त कार्यक्रमका लागि शुक्रबारसम्म करिव ४०० जनाको सिफारिस आएको कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विकले जानकारी दिए। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त रकम पठाएको हो। चालु आर्थिक वर्षमा नै वितरण गरिसक्ने गरी बजेट प्राप्त भएको सूचना अधिकारी विकले बताए।
जाजरकोटका सातवटै स्थानीय तहमा यो कार्यक्रम लागू हुनेछ। सबै स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तह स्तरीय समिति निर्माण गरेका छन्। प्रतिपरिवार ३० हजार रुपैयाँ अनुदान दिने गरी कार्यविधि बनेको छ। उक्त अनुदानबाट लक्षित समुदायले आफ्नो आयआर्जन वृद्धि र विस्तार गर्ने बताइएको छ।


ताजा समाचार