आजः बुधबार, असार ९, २०७८

कर्णाली प्रदेश अस्पतालमा घट्न थाल्यो बिरामीको चाप

सुर्खेत : कर्णाली प्रदेशको सुविधा समपन्न अस्पतालको रुपमा रहेको प्रदेश अस्पताल कालागाउँमा कोरोना संक्रमितको चाप दिनप्रतिदिन कम हुँदै गएको छ।
कोरोनाको दोस्रो भेरियन्ट फैलिएसँगै उक्त अस्पतालमा एकै दिन करिब १० प्रतिशतले ज्यान गुमाउनुपरेको थियो। तर यो समय अघिपछि पनि अस्पतालमा प्रायः दुई प्रतिशतले कोरोना संक्रमितहरूले ज्यान गुमाएका छन्।
प्रदेशकै ठूलो र सम्पन्न अस्पताल भएका कारण सुर्खेत जिल्ला मात्र नभएर प्रदेशका अन्य जिल्लाबाट रिफर गरिएका बिरामीलाई यही अस्पतालले हेर्नुपर्ने बाध्यता छ। कर्णालीका अन्य जिल्ला अस्पतालमा उपचार सम्भव नहुने भएपछि यही अस्पतालको मुख ताक्नुपर्ने अवस्थासमेत भएको हो।
कोरोना संक्रमणका कारण गम्भीर समस्या भएका बिरामीलाई कर्णालीमा जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) र प्रदेश अस्पतालमा संक्रमित आउने गर्दछन्।
तर (शिक्षण अस्पताल) र अन्य जिल्लामा रहेका अस्पतालले उपचार गर्न सक्ने अवस्था नहुँदा बिरामीको चाप प्रदेश अस्पतालमा धेरै हुने गरेको थियो। अन्य जिल्लाका अस्पतालमा अक्सिजन अभावका कारण जिल्ला अस्पतालले गम्भीर समस्या भएका बिरामीको उपचार गर्न सक्ने अवस्था नरहेको हो।


ताजा समाचार