आजः बुधबार, असार ९, २०७८

रुकुम पश्चिममा अक्सिजन प्लान्ट सञ्चालन अनिश्चित, पाइप लाइन र ट्याङ्की खरिदको निवेदन नै परेन

रुकुम पश्चिम – जिल्ला अस्पताल रुकुम पश्चिममा सञ्चालन हुने भनिएको अक्सिजन प्लान्ट जडानको काम अनिश्चित बनेको छ । अक्सिजन पाइप लाइन जडानसहित भण्डार ट्याङ्क खरिदका लागि गरिएको सूचनाअनुसार कसैको पनि निवेदन प्राप्त नभएकाले जडानको काम अनिश्चित बनेको हो । यसका लागि भनेर आएको मुख्य मेशिन भने दुई महिनादेखि अस्पतालमै थन्क्याएर राखिएको छ ।
यसका साथै थन्क्याएर राखिएको अक्सिजन प्लान्टको मुख्य मेशिन खरिद प्रक्रियासमेत कर्णाली प्रदेशको संसदीय लेखा समितिको छानबिनमा परेपछि तत्काल जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।उज्यालो अनलाइन


ताजा समाचार