आजः बुधबार, असार ९, २०७८

पाटेबाघको आक्रमणबाट बर्दियामा एक महिलाको ज्यान गयो

बर्दिया – बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट फेरि पनि एक महिलाकाे ज्यान गएको छ ।

बाघको आक्रमणबाट मधुवन नगरपालिका-५ शान्तिपुर  की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको ज्यान गएको हो ।

थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिककाे राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल-भारत सीमा नजिकै रहेकाे सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो छ  ।

डिभिजन वन र प्रहरीको टोली घटनास्थल पुगिसकेका र मृतक महिलाको शव फेला परिसकेको प्रहरीले जनाएकाे छ। दिउँसै बाघकाे आक्रमणबाट महिलाको ज्यान लिएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा  त्रसित बनेका छन् ।


ताजा समाचार