आजः बुधबार, असार ९, २०७८

संविधानअनुसार कदम चाल्न र संसदमार्फत हस्तक्षेपकारी भूमिका खेल्न सभामुखलाई कानुनविद्काे सुझाव

काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा विघटनपछिको अवस्थाको सम्बन्धमा काुननविद्हरूसँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाले बिहीवार सङ्घीय संसद् भवन नयाँ बानेश्वरकाे ल्होत्से हलमा प्रतिनिधि सभा विघटनपछिको अवस्था र सभामुखको भूमिकाको सम्बन्धमा कानुनविद् तथा न्यायिक क्षेत्रका विज्ञहरूसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा कानुनविद्हरूले प्रतिनिधि सभा विघटनको सम्बन्धमा आफ्नो धारणा राख्दै सभामुखलाई संविधानअनुसार कदम चाल्न सुझाव दिएका छन् ।


ताजा समाचार