आजः बुधबार, असार ९, २०७८

नागरिकतामा खुकुलो व्यवस्था, जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता पाउने

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । अध्यादेशमा रहेका केही प्रावधान विवादमै रहे पनि राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख छ ।

विशेषगरी जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन र उसको साथ पाउनकै लागि प्रधानमन्त्रीको दबाबमा मन्त्रिपरिषद्को बैठकले जेठ ६ गते राष्ट्रपतिसमक्ष अध्यादेश पेस गरेको थियो । सरकारले पठाएका विषय जस्ताको त्यस्तै राखेर अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् ।


ताजा समाचार