आजः शनिबार, साउन १६, २०७८

दैलेख अस्पताल लाई प्रतिनिधि सभा सदस्य को पहलमा स्वास्थ्य सामग्री प्रदान गरिने

राकेश बि क दैलेख : दैलेख अस्पताल लागि प्रतिनिधि सभा सदस्य पार्बती बिसुन्के को पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय , स्वास्थ्य सेवा बिभाग मार्फत स्वास्थ्य सामग्री प्रदान गरिने भएको छ । दैलेख अस्पताल का लागि १० वटा अक्सिजन  सिलिन्डर ,२वटा अक्सिजन कन्सेन्ट्रेटर ,१० वटा ईनफ्रयारेड थर्मोमिटर, २५० वटा आर एन ए ऐक्सट्रयाक्सन कीट  , ५०० वटा रियल टाईम आरटी पिसिआर किट ,२८८ वटा फिल्टर टिप्स लगायत का स्वास्थ्य सामग्री दैलेख अस्पताल लाई प्रदान गरिने बताईएको छ। यस्तै सर्जिकल मास्क , सेनिटाईजर , र एन नाईनटि फाईभ मास्क समेत  प्रदान गरिने भएको हो ।


ताजा समाचार