आजः बुधबार, असार ९, २०७८

स्वास्थ्य कार्यालयलाई अक्सिजन सिलिण्डर र ड्रम सहयोग

दैलेख, उद्योग बाणिज्य संघ दैलेखको उपाध्यक्ष एवं समाजसेवी, रुपक थापाले ३ थान अक्सिजन सिलिण्डर, १ थान ड्रम,स्वास्थ्य सेवा कार्यालय दैलेखलाई सहयोग गरेका छन्। आज स्वास्थ्य सेवा कार्यालयमै गएर सामग्री हस्तान्तरण गरेका हुन्। कोहीसँग पनि यदि अक्सिजन सिलिन्डर भएको खण्डमा नराखौं महामारीमा सहयोग गरौ, भने संदेशका लागि,आफूले सुरुवात गरेको समाजसेवी थापाले बताए।

कोरोना महामारीको समयमा अक्सिजन हाम्रो अस्पतालमा पनि कमी रहेको र अक्सिजन सिलिण्डरले थप रहात महसूस भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थीरप्रसाद रेग्मीले अनलाईन कर्णाली लाई बताउँदै, थापा कामको प्रसंशा सम्म गरे। थापाले कोरोना पहिलोचरण बाटै माक्स लगायतका चीज वितरण, गर्दै आइरहेका थिए।

 

 

 

 

 

 

 

 

 

 

 

 


ताजा समाचार