आजः बिहिबार, बैशाख २३, २०७८

दैलेखमा आज कोरोना संक्रमित ३५ बर्षिय युवक को मृत्यु

राकेश बि क  दैलेख – कोरोना संक्रमणपछि उपचार गराइरहेका दुल्लू नगरपालिका–१२ गौरीका ३५ वर्षीय एक युवकको आज घरमै मृत्यू भएको छ । ती युवक दुई साता अघि भारतबाट आएका बताइएको छ ।
दुल्लू अस्पतालमा एण्टीजेन  जाँच गरी कोरोना पहिचान भएका ती युवकको अवस्था गम्भीर भएकोमा दैलेख अस्पतालमा  आइसोलेसनमा उपचार गरी घर फर्किएपछि मृत्यू भएको जानकारी आएको दैलेख अस्पतालका डा. जीवन ज्ञवालीले जानकारी दिनुभयो छ ।
‘तीन दिन अघि परीक्षणबाट कोरोना पुष्टि भए लगत्तै  सुर्खेत पठाउन खोज्दा सुर्खेतमा कोरोनाका विरामीको उपचार गराउन बेड खाली नभएको कारण दैलेख पठाएका थियौं’ भनी  दुल्लू अस्पतालका डा. रञ्जना रोकाय ले बताउनुु भएको छ |


ताजा समाचार