आजः बिहिबार, बैशाख २३, २०७८

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

 

काठमाण्डाै – आज मे महिनाको ३ तारिख अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस मनाईदै छ । यस वर्ष ‘सार्वजनिक सम्पत्तिका रुपमा सूचना’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि यूनेस्कोको आह्वानमा मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालिएको हो ।

कोरोनाको प्रभावका कारण भौतिकरुपमा सहभागी भई  कार्यक्रम गर्ने अवस्था नरहे पनि डिजिटल संवाद, छलफल तथा सञ्चारमाध्यममा सामग्री प्रकाशन/प्रसारणमार्फत् गरेर दिवस मनाइँदैछ ।

यसैबीच प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपालले ६ स्थान सुधार गरेको छ । रिपोर्टर विदआउट बोर्डरले प्रकाशित गरेको प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल अघिल्लो वर्ष १ सय १२ औं स्थानमा रहेकोमा यो वर्ष ६ स्थान सुधार गरेर एक सय ६ औं स्थानमा पुगेको हो ।

एक सय ८० देश समावेश रहेको रिपोर्टका अनुसार  नर्वे सबैभन्दा राम्रो प्रेस स्वतन्त्रता भएको देश बनेको छ ।

महामारीको जोखिमका बीचमा पनि संसारभरका पत्रकारले गलत सूचना रोक्न प्रयास गरिरहेको र सूचनाकै माध्यमबाट कैयौँको ज्यान जोगाएको पनि बताईएको  छ ।


ताजा समाचार