आजः बिहिबार, बैशाख २३, २०७८

दैलेखमा बैशाख २१ गते देखि एक हप्ता निशेधाज्ञा

राकेश बि क दैलेख :

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को संक्रमण र सोको नयाँ भेरियन्ट नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा दैलेख जिल्लामा समेत संक्रमण तीब्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमण रोकथाम र नियन्त्रण का लागि कोभिड – १९ संकट ब्यबस्थापन केन्द्र ,DCCMC को आजको सिफारिस एब´जिल्ला सुरक्षा समिति ,दैलेख को आज बसेको निर्णय बमोजिम बैशाख २१ गते राती १२ बजेदेखी बैशाख २८गते राती १२ बजे सम्म दैलेख जिल्ला भर लागू हुनेगरी निशेधाज्ञा गरिने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल ले जानकारी दिनुभएको छ |अधिकरिका अनुसार अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा,सवारी साधन, पसल तथा ब्यबशाय र आबश्यक बाहेकका कामकाजका लागि हिड्डुल गर्न समेत निशेध गर्ने बताउनु भएको छ |


ताजा समाचार