आजः बिहिबार, बैशाख २३, २०७८

नेपालगञ्ज आइपुग्यो कर्णालीको चिकित्‍सक टोली, आजैदेखि वार्डमा खटिने

 

बाँके : नेपालगञ्ज स्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि नेपालगञ्ज आइपुगेको छ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगञ्ज आइपुगेको हो। टोली आजैदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो। इन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन्।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा एमडी टिम बनाएको छ। उक्त टिमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ। यो टिम निश्चित समयका लागि परिचालन हुने गरेको छ। डा गिरीको टोली नेपालगञ्ज रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने बताइएको छ। थाहा खबर बाट


ताजा समाचार