आजः बिहिबार, बैशाख २३, २०७८

दैलेख मा मन्त्री ले समेत पालना गरेनन स्वास्थ्य मापदण्ड

दैलेखमा कोरोना ग्राफ दिन प्रतिदिन उकालो लाग्दै छ। तर, नीति नियम बनाउने र जनतालाई सुरक्षित बस्न आग्रह गर्ने कर्णाली प्रदेश सरकारका मन्त्रीले प्रशासनले तोकेको मापदण्ड विपरित भेला गरेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय दैलेखले केही दिन अघि एक सूचना जारी गर्दै राजनीतिक दलका भेला, भिडभाड लगायतका सभा, समारोह नगर्न आग्रह गरेको थियो। प्रशासनको सूचनालाई अवज्ञा गर्दै प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री अमरबहादुर थापाले त्यसको भेला गरेका हुन्।
प्रशासनले २५ जना भन्दा बढी भेला हुन, गर्न नपाइने भनेको भए पनि मन्त्री थापा उपस्थित कार्यक्रममा ४० जना भन्दा बढी सहभागी रहेको खुलेको छ। मन्त्री थापाले भगवतीमाईमा आफू सडक हेर्न गएको बताए।thahakhabar.com बाट


ताजा समाचार