आजः बिहिबार, बैशाख २३, २०७८

सोसेक नेपालद्वारा दुल्लु नगरपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण

राकेश बि क दैलेख :

विश्व  भर नयाँ भेरियन्ट सहित फैलिएको कोरोना भाईरसबाट बच्न  आज सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख ले   कोभिड -१९ रोकथाम तथा नियन्त्रण का लागि  दुल्लु नगरपालिका लाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ |कोभिड -१९ रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोग गरिने नर्मल मास्क ,एन नाईन्टी फाइफ मास्क ,सेनिटाईजर ,प्लास्टिकका डस्टबिन,फिल्टर र हातधुने साबुन लगायतका स्वास्थ्य सामग्री प्रदान गरिएको दुल्लु नगरपालिका का प्रमुख घनश्याम भण्डारी ले जानकारी दिनुभएको छ |


ताजा समाचार