आजः शुक्रबार, साउन १५, २०७८

आज अन्तर्राष्ट्रिय श्रमिक दिबस नेपालमा पनि मनाईदै

राकेश बि क दैलेख :  आज अन्तरास्ट्रिय श्रमिक दिबस नेपालमा पनि मनाईदै छ |अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने पर्व हो। यस दिन विश्वका ८० भन्दा बढी राष्ट्रहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ। विश्वका धेरै राष्ट्रहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही राष्ट्रहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ। त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ |

१९ औँ शताब्दिको औधोगिकीकरणमा यूरोपका उधोगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्याहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे । सिकागोमा यही माग सहीतको मजदुरहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरूमाथी गोली चलाउदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भयो , त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो ।   विगतका वर्ष  देखिनै  विश्वभर फैलीयको CORONA माहामारीका कारण सायद इतिहासमै पहिलोपटक आज पुरा विश्व टक्क अडियको छ |आजका दिनमा सवैभन्दा बढी CORONA र जीवनसँग कोही कठीन लडाँई लडिरहेको छ भने त्यो मजदुर हो श्रमिक हो । विश्वमा त्यस्ता धेरै श्रमीक छन जो साँझ खान र वस्नको निमित्त मात्रै आफ्नो भरदिन श्रममा खर्चीरहेका हुन्छन । यही चुनौतिपूर्ण परिस्थिति आज नेपालले पनि व्यहोरीरहेको छ । महामारी नियन्त्रणमा अहोरात्र शारीरिक हैरानी र मानसिक तनावको प्रवाह नगरी महामारी विरुद्दको लड़ाईको अग्रमोर्चा सम्हालिरहनुभयका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको उचीत सुरक्षा सुनिश्चतता र श्रमको उचित सम्मानजनक मुल्यांकन र यस महामारीलाई परास्त गर्ने उच्च मनोबलसहीतको प्रेरणा जोस र साहस प्राप्त होस । वौद्दिक श्रमिक वर्ग लगायत सवै श्रमिक वर्गको न्यायिक व्यवस्थापनमा यो श्रमिक दिवसले जोड देओस शुभकामना  ।


ताजा समाचार