आजः बिहिबार, बैशाख २३, २०७८

कोरोना संक्रमणका कारण २२ जिल्लामा निषेधाज्ञा सबैलाई संबेदनशिल हुन आग्रह

राकेश बि क दैलेख : कोरोना संक्रमणका हिसाबले नेपाल का बढी प्रभावित जिल्ला हरु (मोरङ ,सुनसरी  ,झापा,पर्सा,बारा,धनुषा ,काठमाडौ ,भक्तपुर ,ललितपुर ,चितवन ,मकवानपुर ,काभ्रेपलान्चोक ,कास्की ,दाङ ,बाके ,रुपन्देही ,पाल्पा,बर्दिया ,कपिलवस्तु ,सुर्खेत ,कैलाली ,कंचनपुर )मा संक्रमण दर डरलाग्दो गरि बढिरहेको छ |स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि संक्रमण बढेकोले अस्पतालमा शैया उपलब्ध गराउन नसकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ |संक्रमणबाट बच्न मास्क लगाउने ,भौतिक दुरि कायम गर्ने , सेनिटाईजरको प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची हात धुन आग्रह गरेको छ |यस्तै सार्बजनिक स्थलहरुमा भिडभाड नगर्न र कोरोना ले भयावह स्थिति सिर्जना हुने भन्दै सबैलाई जनस्वास्थ्य का मापदण्ड संबेदनशिल भई कडा रुपमा पालना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा . समिरकुमार अधिकारिले जानकारी दिनुभएको छ |


ताजा समाचार