आजः बुधबार, असार ९, २०७८

प्याकुरेलको, चियाचर्चा बढ्यो, दैलेखमा..

दैलेेख _सिडियोको रूपमा, गृहजिल्ला दैलेख आउन लागेका हरि प्याकुरेल, यतिखेर धेरैजसो दैलेखीको चिया चर्चाको विषयवस्तु बनेका छन्। खासगरी सुशासन र विकासे गतिविधिमा कस्तो भूमिका होला भन्ने, कुरा विषयवस्तु  बनेको हो। जिल्लाका निकै महत्वकांक्षी योजनाहरु, अहिले पनि लथालिंग अवस्थामा रहेका छन्। आफ्नै जिल्लाको प्रमुख जिल्ला अधिकारी हैसियतमा हुँदा, यस्ता किसिमका आयोजनाले, अब गति लिने, धेरैजस्तो मानिसहरुले बुझाई संगै आशालाग्दो पनि कुराकानीहरू हिजोआज चिया चौतारामा सुन्न पाईन्छ। साथै सामाजिक सञ्जालका भित्ताहरुमा समेत पनि यस्तै कुराहरु देख्न सकिन्छ। अब फेरि दैलेख, दैलेख जस्तो हुने भो, सुशासन र विकासमा… पत्रकार गोविन्द केसीले लेखेका हुन्।  जिल्लाका, बुद्धिजीवी, व्यापारी, कलाकार ,लगायतले यस्तै अभिप्राय का भनाईहरुले, सामाजिक सञ्जालका भित्ताहरू रंगाएका छन्। बाजुरा, जुम्ला,लगाएको ठाउँमा प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहदा,

कुशल नेतृत्व देखाएका, प्याकुरेललाई निकै निडर प्रशासकको रुपमा हेर्ने गरिन्छ। नारायण नगरपालिका वडा नं ६ दैलेख निवासी, प्याकुरेलले, स्थानीय विकास अधिकारीको रुपमा दैलेखमा छँदा, विकासका गतिविधिमा निकै महत्वपूर्ण योगदान दिएका थिए। लामो समयदेखि विवादित रहेको, दैलेखको मध्यपहाडी लोकमार्गको निकास दिनुको साथै अन्य विकासका गतिविधिमा महत्वपूर्ण भूमिका रहेको थियो। प्याकुरेलको आगमनले फेरि एकपटक जिल्लावासीहरुमा खुसी छाएको महसुस गर्न सकिन्छ।


ताजा समाचार