आजः बुधबार, असार ९, २०७८

दैलेखमा खाद्य द्वारा साझा सञ्चालनमा

हाम्रो बहुउद्देश्य सहकारी संस्था लिमिटेड दैलेखले आज देखि दैलेख को पुरानो बजारमा आफ्नो साझा सञ्चालनमा ल्याएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दैलेखका शाखा कार्यालयको प्रमुख रणबहादुर ऐरीले आज उद्घाटन गर्दै, बिक्रेता प्रमाण प्रत्र प्रदान गरेका हुन्। खाद्यान्न वस्तु छिटोभन्दा छिटो जनताको घरदैलोमा पुर्याउने उद्देश्य सरकारको पोलिसी  अनुरूप कार्यालयले सहकारी संस्थालाई अनुमती दिएको बताए। खाद्य व्यवस्था कार्यालयमा रहेको खाद्य सामग्रीलाई सोहि मूल्यमा साझाले वितरण गर्न पाउनेछ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड संग हलमै रहेको चामल र गहुँ साझाले वितरण गर्नेछ।जतिसक्दो छिटो छरितो जनताको माझमा खाद्यसामग्री पुर्याउने लक्ष्य संस्थाको रहेको संस्थाका सचिव रुपक शाहीले बताए। द्वन्दकालमा बन्द गरिएका दैलेखका खाद्य संस्थानका डिपोहरु पुनः सञ्चालनमा ल्याउन कार्यालय प्रमुख रणबहादुर ऐरीको महत्वपूर्ण भूमिका रहेको छ।


ताजा समाचार