आजः बुधबार, असार ९, २०७८

म्यानमारको सेनाले भन्‍यो – एक वर्षका लागि मुलुक नियन्त्रणमा लियौं

 

म्यानमार । म्यानमारको सेनाले आफूले एक वर्षका लागि मुलुक नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ । म्यानमार टेलिभिजनलाई उदृत गर्दै एसोसियट प्रेसले भनेको छ, “म्यामारमा प्रजातन्त्रवादी नेतृ आङ सान सू चीसहितका राजनीतिक नेताहरुलाई गिरफ्तार गरेपछि सेनाले मुलुक एक वर्षका लागि नियन्त्रणमा लिएको प्रतिक्रिया दिएको छ ।”

सेनाले सञ्‍चालन गरिरहेको म्यावाडी टिभीले सेनाले तयार पारेको संविधानको मस्यौदा उल्लेख गर्दै मुलुक आपतकालीन अवस्थामा पुगेकोले सेनाले नियन्त्रणमा लिनुपरेको जनाएको छ । सेनाले दाबी गरेको निर्वाचन धाँधलीको विषय समाधान गर्न सरकार असफल भएपछि सेनाले नियन्त्रणमा लिनु परेको उक्त सैन्य टिलिभिजनले जनाएको छ ।

यसअघि नोभेम्बरमा भएको निर्वाचनमा सेना समर्थित दल पराजित भएपछि सेनाले निर्वाचनमा धाँधली भएको आरोप लगाएको थियो । सेनाले कोरोना महामारी बढेको भन्दै निर्वाचन सार्न आग्रह गर्दा समेत सरकारले निर्वाचन गराएको थियो । निर्वाचनमा सुचीको पार्टीले ४७६ मध्ये ३९६ सिट जितेको थियो । सेनाले उक्त जितलाई धाँधलीको संज्ञा दिएको थियो ।

सोमबार बिहान निर्वाचनको मतपरिणामपछि बस्‍न लागेको पहिलो संसद अधिवेशन अघि सेनाले नेतृ सू चीसहितका नेताहरुलाई नियन्त्रणमा लिएर सत्ता कब्जा गरेको हो । म्यानमारका सञ्‍चारमाध्यमहरुमा पनि सेना परिचालन गरिएका छन् ।

म्यानमारमा सैन्य ‘कू’, अमेरिकाद्वारा विरोध

सैन्य ‘कू’ भएपछि विश्‍वका शक्ति राष्ट्रहरुको ध्यान म्यानमारमा केन्द्रित भएको छ । संयुक्त राज्य अमेरिकाले सैन्य ‘कू’ लाई मुलुकको प्रजातन्त्रिक संक्रमणकालमाथि अवमूल्यन भन्दै आपत्ति जनाएको छ । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले विज्ञप्ति जारी गर्दै बर्मामा सूची र अन्य अधिकारीहरुलाई नियन्त्रणमा लिने र प्रजातान्त्रिक संक्रमणकालको अवस्थालाई अवमूल्यन गर्ने काम भएको बताएका छन् । यसबारे राष्ट्रपति जो बाइडेनलाई पनि जानकारी गराइसकिएको बताइएको छ ।

म्यानमारकी नेतृ आङ सान सू ची सेनाको नियन्त्रणमा, संसद् बैठक सार्न सरकारलाई चेतावनi

राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै सेनाले नियन्त्रणमा लिएको छ । बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन भएका छन् ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन् ।

 

 

 


ताजा समाचार