आजः सोमवार, भदौ २८, २०७८

नयाँ गन्तब्य, बस्नेत कटेज

सललल बगेको भेरीनदी, खोलाले घेरेको  सानो गाउँ , ओरीपरी घन्ना जंगल अनि, अलि पर हेर्न मिल्ने भेरीको पुल ,  मन लोभ्याउने सुन्दर रमणीय ठाउँमा छ, हो त्यही हो, भेरी गंगा नगरपालिका २ मा पूर्व राष्ट्र सेवक यम बहादुर बस्नेतबाट सञ्चालित काजी बस्नेत कटेज, यति खेर कर्णाली वासीको क्रमिक रोजाई को स्थल बन्न पुगेको छ। खाने ठाउँ भन्दा पनि खाएर आन्दन लिने ठाउँ  बनेको छ। कर्णालीको मूल get परेको हुँदा, पनि, कर्णाली छिर्दा भेरीको लोकल माछा, संग खाना खाने ठाउँको रूप मा झन् प्रसिद्ध बनेको छ। सुर्खेत बसीको लागि त बजारको झन्झट बाट अलि टाढा एकान्त, सस्तो विभिन्न प्रकारका परिकार, शान्त आरामका लागि झनै रोजाई को  कटेज बन्न सक्छ । अथिती सेवा, र भनेको बेला लोकल माछा, लोकल कुखुरा, लोकल खाने कुरा  पाहुनाको लागी पहिलो प्राथमिकता परेको देख्न पाईन्छ। रोचक कुरा त के छ, भने भेरी नदीको निलो पानी को छाल संगै समयको बितेको थाहा नै हुँदैन। सिङ्गो कर्णालीबासी को यो स्थल रोजाई को ठाउँ बन्न सक्छ। र एक पटक पुग्नै पर्ने ठाउँ पनि…..


ताजा समाचार