आजः मङ्लबार, माघ १३, २०७७

सेञ्चुरी बैंकले गर्यो, फूलबारीमा गमला वितरण

सेञ्चुरी बैंक शाखा दैलेखले नारायण नगरपालिकामा रहेको फूलबारी बिद्या मन्दिरलाई १२ थान  डस्ट्बिन,  ४५ थान गमला वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व बैंकको कार्यक्रम अन्तर्गत वितरण गरेको  शाखा प्रमुख महेश शाहीले बताए। बैंकले विगत देखिनै यता कार्यक्रम गर्दै आईरहेको छ । बैंकको यो गतिविधिले विद्यार्थीमा छुटै खुखी मिलेको प्राचार्य सुभास थापाले बताए। बैंकलाई आभार व्यक्त गर्न चाहन्छौ थापाले भने। दैलेखमा छोटो समयमा धेरै जिल्लाबासीको मन जितेको स्थानीय युवा व्यापारी राजकुमार श्रेष्ठले बताए। छिटो छरितो सेवा दिने पक्ष बैंकको आफूलाई मन परेेको राजकुमारको भनाई  छ।


ताजा समाचार