आजः शुक्रबार, मंसिर १२, २०७७

मोटरसाईकलको ठक्करबाट सुर्खेतमा बालकको मृत्यु, आफन्त आन्दोलित, कर्णाली राजमार्ग बन्द

सुर्खेत । वीरेन्द्रनगर सुर्खेतमा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएपछि आफन्त आन्दोलित भएका छन् । उनीहरुले सडकमा टायर बालेर कर्णाली राजमार्ग बन्द गर्दै न्यायको माग गरिरहेका छन् ।

मंगलबार वीरेन्द्रनगर १ बस्ने ३ वर्षिय बालक समीर नेपालीलाई मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट बालकको मृत्यु भएपछि मृतक बालकका आफन्तले आज बिहानैदेखि सिद्धार्थ होटल नजिकैको चौकमा टायर बालेर विरोध जनाएका छन् ।

बालकलाई ठक्कर दिएर फरार हुने मोटरसाईकल र चालक दुबैको पहिचान खुलेको छैन । आन्दोलनबाट हुने क्षती न्यूनिकरण गर्न भन्दै प्रहरी समेत परिचालन गरिएको छ ।

यी हुन्: घरमा दुई श्रीमति राखेर अर्काकी (तेस्रो) श्रीमति भगाउने सल्यानका वडाध्यक्षप्रहरी कार्यालय अगाडी नै बालकलाई ठक्कर, मोटरसाईकल चालक नाटकीयशैलीमा फरार भएका छन्। नेपाली रैबार बाट

 


ताजा समाचार