आजः शुक्रबार, मंसिर १२, २०७७

सुर्खेतमा बँदेलको मासुसहित तीन जना मुलपानी चोक बाट पक्राउ

 

 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित वन्यजन्तु बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार वीरेन्द्रनगर–४, मुलपानी चोकमा चाडपर्व लक्षित सवारी चेकजाँचका क्रममा कर्णाली प्रदेश ०२००१ ख ०२६२ नम्वरको फोर्स हाईस गाडीको छतबाट ५ वटा बोरामा लुकाई छिपाई राखिएको १५२.५७ किलो जंगली जनावर बँदेलको मासुसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाडी चालक जिल्लाकै बराहतताल गाउँपालिका–८,का २७ वर्षीय अर्जुन गौतम, वीरेन्द्रनगर नगरपालिका–४, का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका–८, का ३५ वर्षीय दिपेन्द्रराज गिरी रहेको सुर्खेतका प्रहरी प्रमुख (एसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले बँदेलको मासु, फोर्स हाईससहित तीनै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाईएको बताए । यता डिभिजन वन कार्यालयका सहायक वन अधिकृत टेकबहादुर रावलले पक्राउ परेका माथि आवश्यक अनुसन्धान तहकिकात शुरु भईसकेकाले बँदेलको मासु प्रमाणित भएमा वन ऐन २०७६ अनुसार कारवाही हुने जानकारी दिए ।स्काई न्यूज बाट

 


ताजा समाचार